२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


विष्फोटले ध्वस्त बेरुतको पुर्ननिर्माणमा चासोः एक अर्ब युरो सहयोग गर्न तयार


0
Shares

काठमाडौं । बिस्फोटले ध्वस्त भएको बेरुतको पुननिर्माणका लागि एक अर्ब युरो बराबरको सहयोग गर्न अन्तर्राष्ट्रिय दातृ राष्ट्रहरु तयार भएका छन् ।

लेबनानको राजधानी बेरुतमा हालै भएको बिस्फोटले ठूलो क्षति ब्यहोर्नु परेको भन्दै दातृ राष्ट्रहरु लेवननलाई सहयोग गर्न तयार भएका हुन् ।

फ्रान्सले आयोजना गरेको अनलाईन शिखर सम्मेलन मार्फत उनीहरुले लेबननलाई आर्थिक सहयोग गर्ने बचन दिएका हुन् ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंको अध्यक्षतामा आयोजना गरिएको अनलाइन शिखर सम्मेलनमा लेबननको माग अनुसार आर्थिक सहयोग गर्न दाताहरु तयार भएका हुन् ।

शिखर सम्मेलनमा भाग लिएका दातृ राष्ट्रहरुहरुले सहयोग रकम लेवननका जनताको आवश्यकता अनुरुप खर्च गनुपर्ने जनाएका छन् ।

यसअघि फ्रान्सका राष्ट्रपति म्याक्रोले बेरुतको भ्रमण गरेलगत्तै त्यहाँ सरकारविरुद्ध प्रदर्शन गरिएको थियो ।

बेरुतमा गत मंगलवार २७ सय ५० टन एमोनियन नाईट्रेट अवैध तरिकाले भण्डारण गरिएको गोदाममा विष्फोट हुँदा कम्तिमा १ सय ३७ जना मारिएका थिए । घटनामा परि ५ हजारभन्दा बढी घाईते भएका छन् ।(एजेन्सी)