बेलारुसमा मत सर्वेक्षणमा नेता लुकाशेन्का निर्वाचित हुने देखाएपछि शहरमा प्रदर्शन र भिडन्त • Image Khabar Image Khabar


बेलारुसमा मत सर्वेक्षणमा नेता लुकाशेन्का निर्वाचित हुने देखाएपछि शहरमा प्रदर्शन र भिडन्त


Imagekhabar
२६ श्रावण २०७७, सोमबार १०:०८

बेलारुसमा मत सर्वेक्षणमा नेता  लुकाशेन्का निर्वाचित हुने देखाएपछि शहरमा प्रदर्शन र भिडन्त

काठमाडौं । बेलारुसको सरकारी टेलिभिजनले मतदान पछि गरेको सर्वेक्षणमा नेता एलेक्जेन्डर लुकाशेन्का पुनः निर्वाचित हुने देखाएपछि राजधानी मिन्स्कसहित विभिन्न सहरमा प्रदर्शनकारी र दङ्गा प्रहरीबीच भिडन्त भएको छ ।

मिन्स्कमा सिटी सेन्टरबाट भिड हटाउन प्रहरीले स्टन ग्रिनेडहरू प्रयोग गरेको छ । भिडन्तमा केही प्रदर्शनकारीहरु घाइते भएका छन् ।

प्रदर्शनमा सञ्चारमाध्यमहरुलाई पनि प्रहरीले नियन्णमा लिएको छ । सरकारी टेलिभिजनको जनमत सर्वेक्षणले लुकाशेन्का करिब ८० प्रतिशत मतले विजयी भएको देखाएको छ ।

प्रमुख विपक्षी स्भेट्लाना तिखानोभ्स्कायाले आफूलाई सात प्रतिशत मात्र मत दिइएको देखाएको उक्त विवरणलाई आफूले नपत्याउने बताउनुभएको छ ।

आफुसंग बहुमत रहेको उहाँको दाबी छ । मे महिनामा चुनावी अभियान सुरु भएयता दुई हजारभन्दा बढी मानिस पक्राउ परेको मानवअधिकारवादी संस्थाले जनाएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्