काठमाडौं । उत्तरी नाइजेरियाको बोर्नो राज्यमा विद्रोही संगठन बोको हरामले ६९ जना सर्वसाधारणको हत्या गरेका छन् । विद्रोहीले दुर्गम गाउँमा आक्रमण तथा लुटपाटका क्रममा जथाभावी गोली चलाउँदा सर्वसाधारण मारिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । आफूहरुका सूचना सरकारी सुरुक्षाकर्मीलाई चुहाएको भन्दै बोको हरामले ती सर्वसाधारणलाई कारवाही गरेको जनाएको हो । आक्रमणमा चौपायाहरुसमेत मारिएको समाचारमा जनाइएको…