नाइजरमा अज्ञात बन्दुकधारीको आक्रमणमा ६ जना फ्रेन्च नागरिक मारिए • Image Khabar Image Khabar


नाइजरमा अज्ञात बन्दुकधारीको आक्रमणमा ६ जना फ्रेन्च नागरिक मारिए


Imagekhabar
२६ श्रावण २०७७, सोमबार १३:०५

नाइजरमा अज्ञात बन्दुकधारीको आक्रमणमा ६ जना फ्रेन्च नागरिक मारिए

काठमाडौं । अफ्रिकी मुलुक नाइजरमा अज्ञात बन्दुकधारीहरुको समूहले आक्रमण गर्दा ६ जना फ्रेन्च नागरिक मारिएका छन् ।

फ्रान्सको गैरसरकारी संस्था ‘एक्टेड’ का सहायताकर्मीहरुलाई बन्दुकधारीले निशाना बनाएका हुन् ।

उनीहरु मानवतावादी सहयोगको शिलशिलामा नाईजरमा कार्यरत रहेको बेला गोली प्रहार गरिएको हो ।

नाइजरको कोरे प्रान्तमा मोटर साइकलमा आएका बन्दुकधारीको समूहले अन्धाधुन्ध गोली प्रहार गर्दा उनीहरुको मृत्यु भएको हो ।

नाइजरको रक्षामन्त्री इस्सोफो कताम्बेले घटना गम्भीर प्रकृतिको भएको बताउदै यसबारे छानबिन भइरहेको बताउनुभएको छ ।

आक्रमणको जिम्मा कसैलै नलिएतापनि नाइजरका जिहादी समूहहरूमाथि आशंका गरिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्