अफगान सरकारबाट तालिवानी विद्रोहीका चार सय कैदीलाई माफी • Image Khabar Image Khabar


अफगान सरकारबाट तालिवानी विद्रोहीका चार सय कैदीलाई माफी


Imagekhabar
२७ श्रावण २०७७, मंगलवार ०७:३३

अफगान सरकारबाट तालिवानी विद्रोहीका चार सय कैदीलाई माफी

काठमाडौं । अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानीले चार सय विवादास्पद तालिवानी कैदीलाई माफी दिने निर्णय गर्नुभएको छ ।

राष्ट्रपति घानीले एक आदेश जारी गरी ती कैदीको सजाय मिनाहा गरेको बताउनुभएको हो ।

तालिवानी लडाकूले सूचीवद्ध गरेका पाँच हजार कैदीमध्ये चार सय कैदीको सजाय मिनाहा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमध्यमहरुले जनाएका छन् ।

गत फेब्रुअरीमा कतारमा संयुक्त राज्य अमेरिका र तालिवानीबीच भएको शान्ति सम्झौतामा अफगान सरकारले पाँच हजार तालिवानी लडाकू र तालिवानी लडाकूले एक हजार सरकारी सैनिक रिहा गर्ने सहमति भएको थियो ।

गत मार्चमा अफगान सरकारले एक सय विद्रोही र तालिवानी लडाकूले एक हजार सरकारी कर्मचारी र सैनिक रिहा गरिसकेको छ ।

सम्झौता अन्र्तगत अमेरिका र नाटोको नेतृत्वमा गठन भएको सेनाले आगामी वर्षको जुलाईसम्ममा अफगानिस्तान छोडिसक्ने छन् ।

यता सरकारले भने तालिवानीलाई माफी दिने सम्बन्धमा जारी गरिएको आदेशको प्रावधानले व्यक्तिलाई आफ्नो अधिकारका लागि मुद्दा चलाउने बाटो खुला रहेको स्पष्ट पारेको छ ।

अधिकारीहरुका अनुसार सरकारी नियन्त्रणमा रहेका तालिवानी लडाकू रिहा भएलगत्तै लामो समयदेखि जारी द्वन्द्व अन्त्यका लागि अफगानिस्तनमा शान्ति वार्ताको बाटो खुलेको बताइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्