भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी भेन्टिलेटरमा • Image Khabar Image Khabar


भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी भेन्टिलेटरमा


Imagekhabar
२७ श्रावण २०७७, मंगलवार १५:१७

Pranab mukharji india expresident corona

काठमाडौं, साउन २७ । कोरोना भाइरसबाट संक्रमित भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई भेन्टिलेटरमा राखिएको छ ।

मस्तिष्कमा बनेको ब्लड क्लट हटाउनका लागि गरिएको शल्यक्रिया पश्चात ८४ वर्षीय पूर्व राष्टपति मुखर्जीलाई भेन्टिलटरमा राखिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

शल्यक्रिया पूर्व गरिएको कोरोना परिक्षणमा उहाँमा संक्रमण पुष्टि भएको थियो ।

सोमबार शल्यक्रिया भएको र शल्यक्रिया सम्पन्न भएको केही घण्टापछि नै उहाँलाई भेन्टिलेटरमा सारिएको जनाइएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्