काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा तीन हजार ६ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको जनाएको हाे। छापावाल सुनको मूल्य आइतबार तोलाको तीन लाख ५ हजार २ सय रुपैयाँमा काराेबार भइरहेकाे छ । शुक्रबार छापावाल सुन प्रतितोला तीन लाख एक हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य तोलाको चार हजार ७ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । गत शुक्रबार चाँदी प्रतितोला चार हजार ६ सय ६० रुपैयाँमा काराेबार भएकाे थियाे । अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔँस चार हजार ३ सय ७७ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।









प्रतिक्रिया दिनुहोस्