Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


मलेसियाको निर्माण क्षेत्रमा ८.८ प्रतिशतको वृद्धि, ४७.८ अर्ब रिंगिट बराबरको काम सम्पन्न


260
Shares

काठमाडाैं । सन् २०२६ को दोस्रो त्रैमासमा मलेसियाको निर्माण क्षेत्रमा ८.८ प्रतिशतको बलियो वृद्धि देखिएको छ ।

मलेसियाको तथ्याङ्क विभागले बिहीवार सार्वजनिक गरेको विवरणअनुसार यस अवधिमा कुल ४७.८ अर्ब रिंगिट ९११.६८ अर्ब अमेरिकी डलर० बराबरको निर्माण कार्य सम्पन्न भएको छ ।

चालु वर्षको पहिलो त्रैमासमा निर्माण क्षेत्रमा ८.५ प्रतिशतको वृद्धि देखिएको थियो, जसको तुलनामा दोस्रो त्रैमासको वृद्धिदर केही उच्च हो । विभागको वक्तव्यअनुसार विशेष व्यापार गतिविधि र गैर–आवासीय भवन उप–क्षेत्रमा भएको सुधारले समग्र निर्माण क्षेत्रलाई चलायमान बनाएको हो । यस अवधिमा विशेष व्यापार गतिविधिमा १७।६ प्रतिशत र गैर–आवासीय भवन निर्माणमा १३.३ प्रतिशतको वृद्धि देखिएको छ ।

यस्तै, आवासीय भवन निर्माणमा ८।७ प्रतिशत र सिभिल इन्जिनियरिङ क्षेत्रमा २.७ प्रतिशतको वृद्धि दर्ता गरिएको छ । कुल सम्पन्न निर्माण कार्यमा सिभिल इन्जिनियरिङको हिस्सा सबैभन्दा बढी ३५ प्रतिशत रहेको छ । निर्माण गतिविधिहरूमा निजी क्षेत्रको योगदान ६५.८ प्रतिशत रहेको विभागले जनाएको छ ।

सन् २०२६ को पहिलो अर्धवार्षिक अवधिको तथ्याङ्क हेर्दा निर्माण क्षेत्रमा कुल ८.७ प्रतिशतको वृद्धि भई ९४.३ अर्ब रिंगिट बराबरको काम भएको छ । सन् २०२५ को पहिलो ६ महिनामा देखिएको १४।७ प्रतिशतको वृद्धिको तुलनामा यो वर्षको वृद्धिदर भने केही सुस्त देखिएको छ ।

यद्यपि, सबै उप–क्षेत्रहरूले सकारात्मक वृद्धि हासिल गरेका छन् । जसमा विशेष व्यापार गतिविधि २१ प्रतिशत र गैर–आवासीय भवन क्षेत्र १३ प्रतिशतले बढेका छन् ।