काठमाडौं । राष्ट्रपति असरफ घानीले दुई दिनअघि मात्र तालिबानीलाई जेलमुक्त गर्न आदेश दिनुभएको थियो । उहाँले ईदको अवसरमा तीन दिने नयाँ युद्धबिराम सुरु भएसंगै यस्तो आदेश दिनुभएको थियो । अफगान सरकारले जेलमा रहेको कम्तिमा ४ हजार ६ सय तालिबानीलाई जेलमुक्त गरिसकेको छ । अफगान सरकारले अझै जेलका रहेका ४ सय तालिबानीलाई भने जेलमुक्त नगर्ने भएको…