फिलिपिन्समा गोनीका कारण लाखौं सर्वसाधारण प्रभावित • Image Khabar Image Khabar


फिलिपिन्समा गोनीका कारण लाखौं सर्वसाधारण प्रभावित


Imagekhabar
१६ कार्तिक २०७७, आईतवार ०७:१२

फिलिपिन्समा गोनीका कारण लाखौं सर्वसाधारण प्रभावित

काठमाडौं । फिलिपिन्समा आएको आँधीका कारण लाखौं सर्वसाधारण प्रभावित भएका छन् ।

यस वर्षको सबैभन्दा शक्तिशाली मानिएको गोनी नामको आँधी २२५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

दक्षिणी फिलिपिन्सको क्याफेन्डुआनेस टापुमा आएको आँधीका कारण हजारौं नागरिक घर छाडेर भागेको बताइएको छ ।

फिलिपिन्सको मौसम विभागका अनुसार यो आँधी पश्चिम दक्षिणतर्फ अघि बढेकाले सो स्थानमा उच्च सतर्कता अपनाइएको अधिकारीहरुले जनाएका छन् ।

आँधीका कारण बन्दरगाह र विमानस्थहरु बन्द गरिएको छ भने शिक्षण संस्था, सरकारी कार्यालय र जिमखानाहरुमा प्रभावितहरुलाई राखिएको छ ।

कोरोना संक्रमण बढिरहेका बेला आँधीबाट जोगिन थप सतर्कता अपनाउन सरकारी अधिकारीहरुले आग्रह गरेका छन् ।

फिलिपिन्समा हरेक वर्ष २० भन्दा बढी आँधी आउने गर्छन् । गत हप्ता मात्र मोलाभ आँधीका कारण २२ जनाको मृत्यु भएको थियो भने करोडौंको भौतिक संरचना क्षतिग्रस्त भएको थियो ।

यसअघि सन् २०१३ मा आएको हैयान आँधीका कारण ६ हजार भन्दा बढीको मृत्यु भएको थियो ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्