एजेन्सी । यमनमा हुथी समूह र साउदी नेतृत्वको गठबन्धनबीच तनाव थप चर्किएको छ । हुथी समूहका सैन्य प्रवक्ता याह्या सारियाका अनुसार पछिल्लो २४ घण्टामा साउदी लडाकु विमानले दक्षिणपश्चिमी ताइज प्रान्तमा २६ पटक हवाई आक्रमण गरेका छन् ।
उहाँका अनुसार यस साता यमनका नौ प्रान्तमा गरी करिब ३०० हवाई आक्रमण भएका छन् । साउदी अधिकारीहरूले भने यसबारे तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् ।
यसैबीच, बाब अल–मन्देब जलडमरूनजिक पर्ने लाहिजको कहबुब पर्वतीय क्षेत्रमा भीषण स्थल संघर्ष भएको बताइएको छ । ताइज र मारिब क्षेत्रमा पनि झडप जारी रहेको छ ।
हुथीहरूले लाल सागरको दक्षिणपश्चिमी तटीय क्षेत्रमा आफ्नो प्रभाव विस्तार गरेपछि यमनमा हिंसा थप बढेको हो । यमनको द्वन्द्व सन् २०१४ मा हुथीहरूले राजधानी सानालाई नियन्त्रणमा लिएपछि सुरु भएको थियो ।









प्रतिक्रिया दिनुहोस्