बेलायतमा पुनः लकडाउन, अत्यावश्यक सेवा र शिक्षण संस्था भने खुल्ने • Image Khabar Image Khabar


बेलायतमा पुनः लकडाउन, अत्यावश्यक सेवा र शिक्षण संस्था भने खुल्ने


Imagekhabar
१६ कार्तिक २०७७, आईतवार ०६:४६

बेलायतमा पुनः लकडाउन, अत्यावश्यक सेवा र शिक्षण संस्था भने खुल्ने

काठमाडौं । बेलायतमा पुन एक महिनाका लागि लकडाउन गरिएको छ । कोरोना संक्रमण नियन्त्रणमा नआएपछि प्रधानमन्त्री बोरिस जोनसनले चार हप्ता लकडाउनको घोषणा गर्नुभएको हो ।

कोरोना संक्रमण बढ्दै गएपछि बेलायतमा दोस्रो पटक लकडाउनको घोषणा गरिएको हो । बेलायतमा प्रतिदिन २० हजार भन्दा बढी कोरोना संक्रमित थपिन थालेपछि पुन लकडाउन गरीएको हो ।

यसअघि मार्च २३ देखि जुलाइ ४ सम्म लकडाउनको घोषणा गरिएको थियो । सरकारको निर्णयसँगै आगामी डिसेम्बरसम्म अत्यावश्यक कामबाहेक घर बाहिर नजान सर्वसाधारणलाई आग्रह गरिएको छ ।

यस्तै रेष्टुराँ, जिमखाना र पबलगायत सर्वसाधारणको भीड हुने सेवा प्रदायकहरुलाई पनि बन्द गराइएको छ ।

प्रधानमन्त्री जोनसनले पत्रकार सम्मेलन गरेर आवश्यक पसल, शिक्षण संस्था र खेलका प्रतियोगिताहरु भने जारी रहने बताउनुभयो ।

उहाँले ती सेवाहरु पनि सुरक्षाका मापदण्ड पूरा गरेर मात्र सञ्चालन गर्न पाइने बताउनुभयो । प्रधानमन्त्री जोनसनले कोरोना नियन्त्रणका लागि प्रतिबन्ध अनिवार्य रहेको बताउनुभयो ।

उहाँले क्रिसमसमा कोरोना फैलन नदिन सतर्कता अपनाएको दावी गर्नुभएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्यामा बेलायत पाँचौ राष्ट्र हो ।

अमेरिका, ब्राजिल, भारत र मेक्सिकोपछि बेलायतमा कोरोना संक्रमितको मृत्यु दर उच्च रहेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्