एजेन्सी । भारतको तमिलनाडुस्थित पटाका उद्योगमा आगलागीपछि विस्फोट हुँदा ११ कामदारको मृत्यु भएको छ । विरुधुनगर जिल्लाको निजी पटाका उद्योगमा विस्फोट हुँदा अन्य ३६ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्नुभएको छ । उहाँले मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।…