अमेरिकामा राष्ट्रपति निर्वाचनको प्रचार अन्तिम चरणमा • Image Khabar Image Khabar


अमेरिकामा राष्ट्रपति निर्वाचनको प्रचार अन्तिम चरणमा


Imagekhabar
१५ कार्तिक २०७७, शनिबार ०७:०७

अमेरिकामा राष्ट्रपति निर्वाचनको प्रचार अन्तिम चरणमा

काठमाडौं । अमेरिकामा यही मंगलबार हुने राष्ट्रपति निर्वाचनको तयारी र प्रचार प्रसार अन्तिम चरणमा पुगेको छ ।

प्रचार प्रसारको समय ढल्किंदै जाँदा दुवै उम्मेदवारहरु रणनीतिक हिसाबले महत्वपूर्ण मानिएका मध्य पश्चिमी राज्यहरुमा केन्द्रित भएका छन् ।

वर्तमान राष्ट्रपति एवं रिपब्लीकन उम्मेदवार डोनाल्ड ट्रम्पले गएराति मिनिसोटा राज्यमा चुनावी कार्यक्रम गर्नुभएको हो ।

चार वर्षअघि भएको निर्वाचनमा यो राज्यमा ट्रम्पका प्रतिद्वन्द्वी हिलारी क्लीन्टन विजयी हुनुभएको थियो ।

हिजो नै डेमोक्रेटिक उम्मेदवार जो बाइडेन भने आयोवा राज्य पुग्नुभयो । यो राज्यले चार वर्ष अघि ट्रम्पलाई भोट दिएको थियो ।

यस पटकको राष्ट्रपति निर्वाचनमा पनि यीनै ‘मिड–वेस्टर्न’ राज्यहरुलाई निर्णायक मानिएको छ ।

यी राज्यहरुको समर्थन जुटाउन सक्नेले अर्को चार वर्ष ह्वाईट हाउसको बागडोर समाल्ने संभावना उच्च छ ।

अहिलेसम्म हुलाक वा विद्यूतिय माध्यमबाट ८ करोड ५० लाखभन्दा धेरैले मतदान गरिसकेका छन् ।

यो तथ्यांकलाई हेर्दा अमेरिकी निर्वाचनमा यसपटक अहिलेसम्मकै उच्च १५ करोड मतदाताले मत खसाल्ने अनुमान गरिएको छ ।

अमेरिकी राष्ट्रपति निर्वाचनमा झण्डै २४ करोड मतदाता मत खसाल्न योग्य छन् ।

निर्वाचन अघिका सर्वेक्षणहरुले राष्ट्रपति ट्रम्पमाथि डेमोक्रेट उम्मेदवार बाइडेनले स्पष्ट अग्रता लिइरहेको देखाएका छन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्