एजेन्सी। प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगोमा फैलिएको इबोला महामारीका कारण मृत्यु हुनेको संख्या १ हजार ३ सय ९ जना नाघेको छ। सरकारी तथ्यांक अनुसार केवल पाँच दिनमै मृत्युदर ४० प्रतिशत भन्दा बढीले वृद्धि भएकाे हाे। एक प्रमुख जनस्वास्थ्य विज्ञले भाइरस डढेलो जसरी फैलिरहेको चेतावनी दिएका छन् । सरकारले शनिबार सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार बिहीबारसम्म मृतकसहित…