अपडेटःकाठमाडौं, चैत २८ । अफगानिस्तान र ताजिकिस्तानको सीमानामा केन्द्रबिन्दू भएर नेपाली समयअनुसार आइतबार अपराह्न सवा ४ बजे ६.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । हिन्दूकुश पर्वत शृंखलालाई केन्द्रबिन्दू बनाइ दुई सय किलोमिटर गहिराइमा भूकम्प गएको जनाइएको छ । अमेरिकी जिओलोजिकल सर्भे (युएसजीएस)ले भने ६.६ म्याग्निच्यूडको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्का पाकिस्तानकासाथै भारतमासमेत महसुस…