क्यूवा, मंसिर १२ । सन् १९५८ मा क्यूवामा भएको राजनीतिक परिवर्तनपछि शासन सत्ता सम्हालेका फिडेल कास्ट्रोलाई क्यूवाका जनताले राष्ट्रवादी नेता मान्ने गरेका छन् । उनले मुलुकलाई वैदेशिक हस्तक्षेपबाट मुक्त गराई आत्मनिर्भर तुल्याएकोमा क्यूवाली जनताका नजरमा उनी राष्ट्रवादी नेता भएका हुन् । अमेरिका लगायतका केही मुलुकले कास्ट्रोलाई निरंकुश र तानाशाह भन्ने गरेको छ । यद्यपि क्यूवाली…