ह्वाइट हाउसका सल्लाहकारले भनेः‘राष्ट्रपतिको शक्तिमा कसैले प्रश्न गर्न सक्दैन’ • Image Khabar Image Khabar


ह्वाइट हाउसका सल्लाहकारले भनेः‘राष्ट्रपतिको शक्तिमा कसैले प्रश्न गर्न सक्दैन’


Imagekhabar
२ फाल्गुन २०७३, सोमबार ०७:०१

ह्वाइट हाउसका सल्लाहकारले भनेः‘राष्ट्रपतिको शक्तिमा कसैले प्रश्न गर्न सक्दैन’

ह्वाइट हाउसका उच्च सल्लाहकार स्टिफन मिलरले राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश कार्यान्वयन नगर्ने पक्षमा फैसला सुनाएको संघीय पुनरावेदन अदालतको आलोचना गरेका हुन् ।

मिलरले पुनरावेदन अदालतको फैसलाले न्यायीक शक्तिको अपहरण रहेको आरोप लगाए । उनले राष्ट्रपतिको शक्तिमा कसैले प्रश्न गर्न नसक्ने जिकीर गरेका छन् ।

अमेरिकाको संघीय पुनरावेदन अदालले गत बिहीबार वासिङटनको सिएटल संघीय अदालतले गरेको निर्णयलाई सदर गर्दै राष्ट्रपतिको आदेश तत्कालका लागि निलम्बित गर्ने फैसला गरेको थियो ।

ट्रम्प प्रशासनले सिएटल अदालतको फैसलाको विरोधमा पुनरावेदन अदालतमा अपिल दर्ता गरेको थियो ।

राष्ट्रपति ट्रम्पको ओदश विरुद्ध विभिन्न संघीय अदालतमा मुद्दा दर्ता भएका छन् र अमेरिकासहित विश्वभर प्रदर्शन भएको छ ।

अदालतको निलम्बन तथा प्रदर्शनका बाबजुद पनि ट्रम्पले नयाँ कार्यकारी आदेश जारी गर्ने तयारी गरेको पनि बताइएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्