अमेरिकाको सबैभन्दा ठूलो बाँध फुट्यो, एक लाख ३० हजार नागरिक जोखिममा • Image Khabar Image Khabar


अमेरिकाको सबैभन्दा ठूलो बाँध फुट्यो, एक लाख ३० हजार नागरिक जोखिममा


Imagekhabar
२ फाल्गुन २०७३, सोमबार ११:०३

अमेरिकाको सबैभन्दा ठूलो बाँध फुट्यो, एक लाख ३० हजार नागरिक जोखिममा

अधिकारीहरुका अनुसार उत्तर क्यालिफोर्नियाको सबैभन्दा ठूलो बाँध भत्किपछि एक लाख ३० हजार नागरिक बाढीको जोखिममा परेको अधिकारीहरुले जनाएका छन् ।

अरोभिले बाँधको एक भागमा ठूलो प्वाल परेपछि आसपासको क्षेत्र डुबानको जोखिममा परेको हो । आसपासका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भएको अधिकारीहरुले बताए । उक्त बाँधको उचाई ७ सय ७० फिट छ । बाँधको आकस्मिक ढोका खोलिएको छ ।

अमेरिकाको सबैभन्दा ठूलो बाँध फुट्यो, एक लाख ३० हजार नागरिक जोखिममा

धेरै पुरानो बाँध भएकाले भत्कने अवस्थामा पुगेको अधिकारीहरुको भनाई छ । बाँधमा एउटा प्वाल परेपछि सिंगो बाँध नै भत्कने अवस्थामा पुगेको हो । तर त्यसअघि नै आकस्मिक ढोका खोलेर पानी निकास गर्नुपरेको बताइएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्