ट्रम्पले ओबामा र हिलारीमाथि लगाए गम्भीर आरोप • Image Khabar Image Khabar


ट्रम्पले ओबामा र हिलारीमाथि लगाए गम्भीर आरोप


Imagekhabar
२८ श्रावण २०७३, शुक्रबार १७:००

ट्रम्पले ओबामा र हिलारीमाथि लगाए गम्भीर आरोप

वासिंटन, साउन २८ । अमेरिकी राष्ट्रपतिका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले राष्ट्रपति बाराक ओमामा इस्लामिक स्टेट (आइएस)को संस्थापक भएको आरोप लगाएका छन् ।

उनले डेमोक्र्याटिक पार्टीकी राष्ट्रपतिकी उम्मेदवार हिलारी क्लिन्टन पनि आइएसको सहसंस्थापक भएको आरोप लगाए ।

फ्लोरिडामा भएको चुनावी र्‍यालीलाई सम्बोधन गर्दै ट्रम्पले ओबामा संस्थापक रहेकाले आइएसले उनलाई सम्मान गर्ने गरेको बताए । उनले ओबामा र क्लिन्टन आइएसका सबैभन्दा महत्वपूर्ण खेलाडी भएको आरोप लगाए ।

यसैबीच हिलारी क्लिन्टनले भने ट्रम्पले बकवास कुरामात्रै गर्ने गरेको प्रतिक्रिया दिएकी बीबीसीले जनाएको छ ।

अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावको पूर्वसन्ध्यामा दाबेदारहरु आरोप प्रत्यारोपमा उत्रिएका हुन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्