आइएसविरुद्ध संयुक्त कारबाही गर्ने रसिया र टर्कीको तयारी • Image Khabar Image Khabar


आइएसविरुद्ध संयुक्त कारबाही गर्ने रसिया र टर्कीको तयारी


Imagekhabar
२८ श्रावण २०७३, शुक्रबार २१:२२

आइएसविरुद्ध संयुक्त कारबाही गर्ने रसिया र टर्कीको तयारी

इस्ताबुल (टर्की), साउन २८ । टर्कीले रसियालाई बिहीबार सिरियाका जिहादी समूह इस्लामिक स्टेट्स (आइएस)विरुद्ध संयुक्त कारबाही अघि बढाउन आह्वान गरेको छ ।

रसियाको भ्रमणमा पुगेका टर्कीका राष्ट्रपति रेसेप तायिप एर्डोगान र रसियाली राष्ट्रपति भ्यादिमिर पुटिनबीच भएको एक महत्वपूर्ण वार्ताकाक्रममा टर्कीले सो आग्रह गरेको हो ।

यस विषयमा रसियासँग विस्तृत छलफल गर्ने र आइएसविरुद्धको कारबाहीमा रसियासँग मिलेर संयुक्त कारबाही गरिने टर्कीका विदेशमन्त्री मेभ्लुत क्याभ्उसोग्लुले एक निजी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा बताएका छन् ।

यो प्रस्ताव पहिलोपटक टर्कीको तर्फबाट आएको भन्दै यसका लागि आवश्यकमात्रामा छलफल हुन बाँकी नै रहेको पनि उनले बताए ।

उनले भने–‘यो प्रस्ताव पहिलोपटक टेबलमा आएको छ र यस विषयमा विस्तृत छलफल गरी सहमतिमा पुगिनेछ ।’

टर्कीका राष्ट्रपति रेसेप रसिया भ्रमणमा छन् । उनले आफ्ना रसियाली समकक्षी भ्लादिमिर पुटिनसँग भएको भेटवार्तापछि रसियाले टर्कीसँगको आर्थिक सहकार्यलगायतका सम्बन्धहरु पुनःस्थापना गर्न तयार भएको जानकारी दिएका थिए थियो ।

गत नोभेम्बरमा सिरियाको सीमानानजिकै टर्कीले एउटा रसियाली विमानलाई गोली हानेर खसालेपछि टर्की र रसियाबीचको सम्बन्धमा चिसोपन आएको थियो ।

गत महिना टर्कीमा भएको असफल सैन्य विद्रोहको प्रयासपछि राष्ट्रपति एर्डोगानको पहिलो विदेश भ्रमण रसिया भएको हो ।

सेन्ट पिटस्बर्गमा यी दुई नेताबीच भएको यस भेटघाटमा एर्डोगानले असफल सैन्य विद्रोहपछि लगत्तै पुटिनले गरेको टेलिफोन वार्ताको लागि घन्यवादसमेत दिएका थिए ।

यस सैन्य विद्रोह प्रयासमा संलग्न भएको आरोपमा आफ्नो देशभित्र हजारौं नागरिकलाई एर्डाेगानले गरेको कारबाहीलाई लिएर टर्की र पश्चिमा देशहरुबीच आएको चिसोपनको विषयलाई लिएर एर्डोगान रसिया भ्रमणमा गएको बताइएको थियो ।

एर्डोगानको रसिया भ्रमणबाट दुई देशबीचको सम्बन्ध अत्यन्त सकारात्मक भएको बताइएको छ ।

यसपछि टर्कीले पनि आइएसविरुद्धको कारबाही संयुक्तरुपमा गर्नको लागि रसियालाई आह्वान गरेको हो । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्