शरीर जोडिएका जुम्ल्याहा बालिका बचाउन अपील, शल्यक्रिया नगरे मृत्यु • Image Khabar Image Khabar


शरीर जोडिएका जुम्ल्याहा बालिका बचाउन अपील, शल्यक्रिया नगरे मृत्यु


Imagekhabar
३० श्रावण २०७३, आईतवार ००:४०

शरीर जोडिएका जुम्ल्याहा बालिका बचाउन अपील, शल्यक्रिया नगरे मृत्यु

काठमाडौं, साउन २९ । सिरियाका चिकित्सकहरुले हिंसा प्रभावित डुमा सहरका शरीर जोडिएका जुम्ल्याहा बालिकालाई बचाउन विश्व स्वास्थ्य संगठनलाई अपील गरेका छन् ।

जुलाईमा जन्मिएका नौरास र मोआज नामका यी जुम्ल्याहाको छाती जोडिएको छ । यिनीहरुलाई एम्बुलेन्सबाट सुरक्षितरुपमा लगेर राजधानी दमास्कसस्थित बाल अस्पतालमा राखिएको छ ।

चिकित्सकहरुले शल्यक्रिया नगरे शिशुको मृत्यु हुने जनाएका छन् । आमा र काकीसँग अस्पताल पुर्‍याइएका उनीहरुको स्वास्थ्य अहिले ठीक छ ।

सिरियामा जारी संघर्षकाक्रममा डुमा सहर नराम्ररी प्रभावित भएको छ । त्यहाँ मानवीय सहयोग पुर्‍याउन पनि निकै कठीन भएको जनाइएको छ ।

विगत पाँच सय वर्षको इतिहासमा शरीर जोडिएका ६ सय शिशुको जन्म भएकोमा ७० प्रतिशतभन्दा बढी बालिका छन् । (एजेन्सी)

 

प्रतिक्रिया दिनुहोस्