Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


रसुवाको बाढीमा सम्पर्क विहीन भएका रामेछापका १५ जना सम्पर्कमा आए


0
Shares

रामेछाप । रसुवामा आएको भीषण बाढीका कारण सम्पर्कविहीन बनेका रामेछापका ५१ जनामध्ये १५ जना सकुशल सम्पर्कमा आएका छन्।

बाढी आएलगत्तै सञ्चार सम्पर्क विच्छेद भएपछि उनीहरूबारे जानकारी नहुँदा परिवार तथा आफन्तमा चिन्ता बढेको थियो। पछिल्लो समय सम्पर्कमा आएका १५ जनालाई सुरक्षित स्थानमा राखिएको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता एमव् प्रहरी निरिक्षक कमल राउतले जानकारी दिनु भएको छ ।

विभिन्न जलविद्युत् आयोजना, निर्माण कार्य तथा व्यापार–व्यवसायका सिलसिलामा रसुवा पुगेका रामेछापका नागरिकहरू बाढीपछि सम्पर्कविहीन भएका थिए। बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवा अवरुद्ध हुनुका साथै सडक सञ्जालसमेत ठप्प हुँदा उद्धार तथा तथ्याङ्क सङ्कलनमा चुनौती थपिएको प्रहरीले जनाएको छ।

रामेछाप प्रहरीका अनुसार अझै ३६ जना सम्पर्कविहीन छन्। उनीहरूको खोजी तथा उद्धारका लागि सुरक्षा निकायका टोली परिचालन गरिएको छ। रामेछाप र रसुवा जिल्ला प्रशासनबीच समन्वय गरी खोजी कार्यलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ।