Logo २५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026


रसुवा बाढी : बर्दियाका ९० जना सम्पर्कविहीन, विवरण प्रभावित क्षेत्रका सुरक्षा समितिलाई पठाइयो


390
Shares

केशव कोइराला, बर्दिया । रसुवामा आएको भीषण बाढीमा परी बर्दियाका विभिन्न स्थानीय तहका ९० जना सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएको छ।

प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालका अनुसार सम्पर्कविहीन हुनेमा बारबर्दिया नगरपालिकाका २५ जना, बाँसगढी नगरपालिकाका १८ जना, राजापुर नगरपालिकाका १६ जना, ठाकुरबाबा नगरपालिकाका १३ जना, गेरुवा गाउँपालिकाका १४ जना, गुलरिया नगरपालिकाका २ जना, मधुवन नगरपालिकाका १ जना र ठेगाना नखुलेका १ जना रहेका छन्।

प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले जिल्लाबाट सम्पर्कविहीन भएका व्यक्तिहरूको विवरण संकलन गरी प्रभावित क्षेत्रका सुरक्षा समितिलाई पठाइएको जानकारी दिनुभयो।

सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाइएको छ। परिवार तथा आफन्तले आफ्ना सदस्यको अवस्थाबारे जानकारी पाउन सम्बन्धित सुरक्षा निकाय तथा प्रशासनसँग सम्पर्क गर्न आग्रह गरिएको छ।