काठमाडौं, असार १८ । भारतको पूर्वोत्तर राज्य अरुणाञ्चलमा पहिरोमा परी १० जनाको मृत्यु भएको छ । अरुणाञ्चलको कामेंग जिल्लामा पहिरोका कारण ६ वटा भवन भत्किँदा कम्तिमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको हो । मृत्यु हुनेमा दुई बालिकासहित पाँच महिला छन् । यस्तै तीन जना घाइते भएका छन् । उद्धार तथा राहतको काम भइरहेको प्रहरीले…