काठमाडौं, भदौ २ । अमेरिकाको क्यालिफोर्निया जंगलमा लागेको आगो नियन्त्रण गर्न गाह्रो परेको छ ।
आगलागीका कारण प्रत्यक्ष प्रभावित हुने ८२ हजार मानिसलाई सुरक्षित स्थानमा सार्न निर्देशन दिइएको छ ।
दक्षिणी क्यालिफोर्नियामा लागेको आगो नियन्त्रणका लागि अग्निनियन्त्रकहरुले लगातार प्रयास गरिरहे पनि परिणाम सुखद भएको छैन ।
आगो नियन्त्रणमा लिन नसकेपछि पूर्वी लसएञ्जलसमा रहने ८२ हजार मानिसलाई सुरक्षित स्थानमा सार्न भनिएको हो ।
आगलागीका कारण क्यालिफोर्निया र नेभादाबीचको यातायात सेवा नै ठप्प भएको छ भने कयौं घर जलेर खरानी भएका छन् ।
मंगलवार सुरु भएको आगलागीले १२ हजार हेक्टरभन्दा बढी क्षेत्रलाई आफ्नो कब्जामा पारिसकेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्