सिरियामा हमला गर्न इरानको अड्डा प्रयोग गर्ने गरेको रुसको खुलासा • Image Khabar Image Khabar


सिरियामा हमला गर्न इरानको अड्डा प्रयोग गर्ने गरेको रुसको खुलासा


Imagekhabar
१ भाद्र २०७३, बुधबार १५:२१

सिरियामा हमला गर्न इरानको अड्डा प्रयोग गर्ने गरेको रुसको खुलासा

काठमाडौं, भदौ १ । रुसले सिरियामा हवाई हमला गर्न इरानको हवाई अड्डा प्रयोग गर्ने गरेको खुलासा गरेको छ ।

रुसको रक्षा मन्त्रालयले सिरियाको एलेप्पो, इदलिव र डेर प्रान्तमा गरिएका हवाई हमलामा इरानको हवाई अड्डा प्रयोग गर्ने गरिएको खुलासा गरेको हो ।

रुसले सिरियाली राष्ट्रपति बसर अल असदको पक्षमा सिरियाली बिद्रोहीबिरुद्ध हमला गर्दै आएको छ ।

सिरियाली राष्ट्रपतिको समर्थनमा रहेको देश इरानले सिरियालाई विगत पाँच वर्षदेखि सैन्य र आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

रुसी गठबन्धन सेनाले गरेको पछिल्लो हवाई हमलामा २७ जना मारिएका छन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्