उत्तर कोरियाका उच्च कुटनीतिज्ञ थाय विद्रोह गरी दक्षिण कोरिया पुगे • Image Khabar Image Khabar


उत्तर कोरियाका उच्च कुटनीतिज्ञ थाय विद्रोह गरी दक्षिण कोरिया पुगे


Imagekhabar
२ भाद्र २०७३, बिहीबार ००:०८

उत्तर कोरियाका उच्च कुटनीतिज्ञ थाय विद्रोह गरी दक्षिण कोरिया पुगे

काठमाडौं, भदौ १ । बेलायतको राजधानी लन्डनस्थित आफ्नो दूतावासबाट हराएका उत्तर कोरियाली उच्च कुटनीतिज्ञ थाय योङ हो विद्रोह गरेर दक्षिण कोरिया पुगेका छन् ।

सोलले बुधबार उत्तर कोरियाली कुटनीतिज्ञ आफ्नो मुलुक आइपुगेको पुष्टि गरेको छ ।

परिवारसहित सोल पुगेका थायलाई सरकारी सुरक्षामा राखिएको दक्षिण कोरियाली अधिकारीहरुले जनाएका छन् । थायले लन्डन दूतावासमा सहायक राजदूतको जिम्मेवारी सम्हालेका थिए ।

लन्डनमा आफ्ना नेता किम जोङ उनको सकारात्मक विचार प्रवाह गर्नु उनको मुख्य जिम्मेवारी रहेको थियो ।

थाय विद्रोह गरेर विदेशी मुलुकमा पुग्ने अहिलेसम्मकै उच्च अधिकारी रहेको अनुमान गरिएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्