यमनको एक अस्पतालमा हवाई हमला, ११ जनाको मृत्यु • Image Khabar Image Khabar


यमनको एक अस्पतालमा हवाई हमला, ११ जनाको मृत्यु


Imagekhabar
३२ श्रावण २०७३, मंगलवार १७:४४

यमनको एक अस्पतालमा हवाई हमला, ११ जनाको मृत्यु

काठमाडौं, साउन ३२ । यमनको एक अस्पतालमा गरिएको हवाई आक्रमणमा कम्तिमा ११ जनाको मृत्यु भएको छ ।

परोपकारी संस्था मेडिसिन सान्स फ्रन्टियर्स एमएसएफले उत्तरी क्षेत्रमा सञ्चालन गरेको अस्पतालमा हवाई आक्रमण हुँदा उनीहरुको मृत्यु भएको हो ।

हज्जाह प्रान्तस्थित अस्तालमा भएको आक्रमणमा अन्य १९ जना घाइते भएको बीबीसीले जनाएको छ ।

साउदी अरेबियाको नेतृत्वमा रहेको गठबन्धन सेनाले हवाई आक्रमण गरेको आशंका छ । गठबन्धन सेनाले हुथी बिद्रोही विरुद्धको कारबाहीमा यमनको सरकारलाई सहयोग गर्दै आएको छ ।

गठबन्धनले यस विषयमा अहिलेसम्म केही बताएको छैन । त्यसक्षेत्रमा गएको केही दिनदेखि हवाई आक्रमण भइरहेको स्थानीय बासिन्दाले बताएका छन् । फेरि आक्रमण हुन सक्ने डरका कारण उद्धार तथा राहतको काम पनि प्रभावित भएको छ ।

यमनमा सन् २०१५ देखि सुरु भएको संघर्षका कारण अहिलेसम्म ६ हजार ६ सय भन्दा धेरै मानिसको ज्यान गएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्