निष्काशनमा परेका कूटनीतिज्ञ आफ्नो परिवारसहित मस्कोका लागि उडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । गत नोभेम्बरमा सम्पन्न अमेरिकी राष्ट्रपतीय निर्वाचनमा साइबर आक्रमणमा संलग्न रहेको आरोप लगाउँदै ओबामाले ती कूटनीतिज्ञलाई ७२ घण्टाभित्र अमेरिका छाड्न निर्देशन दिएका थिए । राष्ट्रपति ओबामाले रुसले अमेरिकी अधिकारीलाई निकै दुःख दिएकाले कठोर कदम चाल्नुपरेको जिकीर गरेका थिए । ओबामाको यस्तो कदमपछि रुसी…