
बजेट एअरलाइन्सका ३७ वर्षीय चालकलाई विमान उडाउनुअघि ककपिटबाट पक्राउ गरिएको जनाइएको छ ।
विमानमा रहेका यात्रीसँग अभद्र व्यवहार गरेको गुनासो आएपछि उनलाई पक्राउ गरी अनुसन्धान गर्दा मदिरा सेवन गरेको खुलेको हो ।
क्यानाडाबाट मेक्सिकोका लागि उडान भर्न लागेको सो विमानमा एक सय यात्री रहेको बताइएको छ ।
यो घटनापछि अर्का चालकले उक्त विमानलाई गन्तव्यतर्फ उडाएको क्यानाडाका अधिकारीहरुले बताएका छन् ।
मदिरा सेवन गर्ने चालकमाथि अनुसन्धान थालिएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्