
विमानचालक टेकाड पुर्नलाई इन्डोनेसियन बजेट एअरलाइनले सुरावयाबाट आन्तरिक उडानमार्फत् एअरबस ३२० मा यात्रा गर्न लागेका एक यात्रीको बयानका आधारमा अनुसन्धान अघि बढाएको थियो ।
बुधबार विमान उड्नै लाग्दा चालकमाथि नशामा रहेको शंका व्यक्त गर्दै विमानबाट झरेपछि अर्को चालकमार्फत् उडान गर्न उनले अनुरोध गरेका थिए ।
विमानचालकले विमान उडाउने तयारी गरिरहेकाबेला उनको बोली प्रस्ट नभएपछि यात्रीले चालकमाथि शंका व्यक्त गरेका हुन् ।
यसैबीच, सीटी लिंक कम्पनीका निर्देशक तथा अध्यक्ष अल्बर्ट बुरहान र उत्पादन निर्देशकले पनि उक्त विषयमा आफू दोषी रहेको स्वीकार गर्दै पदबाट राजीनामा दिएका छन् । रासस/एपी
प्रतिक्रिया दिनुहोस्