समाचार एजेन्सीहरुका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा टिमका सदस्यहरुसँग छलफल गरेका छन् भने फ्रान्सका राष्ट्रपतिसँगसमेत यसबारे छलफल गरेका छन् । त्यस्तै बेलायतको मन्त्रिपरिषदले समेत सिरियामा आवश्यकताअनुसार कारवाहीका लागि प्रधानमन्त्री थेरेसा मेलाई अधिकार दिएको छ । प्रधानमन्त्री मेले मन्त्रिपरिषदका केही सदस्यसँग छुट्टै परामर्श गरेको समेत बताइन्छ । …