उत्तर कोरियाद्वारा आफ्नो एकमात्र परमाणु स्टेसनका सुरुङहरु ध्वस्त • Image Khabar Image Khabar


उत्तर कोरियाद्वारा आफ्नो एकमात्र परमाणु स्टेसनका सुरुङहरु ध्वस्त


Imagekhabar
१० जेष्ठ २०७५, बिहीबार १८:०६

उत्तर कोरियाद्वारा आफ्नो एकमात्र परमाणु स्टेसनका सुरुङहरु ध्वस्त

परमाणु परीक्षण केन्द्र प्योङगी–रिमा लगिएका विदेशी सन्चारकर्मीहरुले उनीहरुले ठूलो विस्फोट देखेको बताएका छन् ।

उत्तरी पहाडी क्षेत्रमा रहेको परमाणु परीक्षण केन्द्रको सुरुङ ध्वस्त गर्दा कुनै पनि अन्तर्राष्ट्रिय निरीक्षकलाई भने जाने अनुमति दिइएको थिएन ।

उत्तर कोरियाले परमाणु परीक्षणस्थल नस्ट गर्नका लागि मे २३ देखि २५ भित्र प्राविधिक कदम चालिने जनाएको थियो ।

कोरियाली प्रायद्वीपमा तनाव कम गर्न उत्तर कोरियाले यो कदम चालेको बताइएको छ ।

उत्तरले दक्षिण कोरिया र अमेरिकासँग कूटनीतिक सम्बन्ध मजबुत् बनाउन आफ्नो परमाणुस्थल नस्ट गर्ने जनाएको थियो ।

तर, वैज्ञानिकहरुले भने सन् २०१७ को सेप्टेम्बरमा गरिएको परमाणु परीक्षणपछि उक्त केन्द्र आशिंकरुपमा ध्वस्त भएको र उपयोग गर्न लायक नभएको विश्वास गर्छन् ।

उत्तर कोरियाले सन् २००६ यता उक्त केन्द्रबाट ६ ओटा आणविक परीक्षण गरेको थियो ।

यो उत्तरको मुख्य परमाणु परीक्षण केन्द्र र विश्वमा रहेको अहिलेको एकमात्र सक्रिय परमाणु परीक्षणस्थल मानिन्छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्