क्यानाडाको एक रेस्टुरेन्टमा विस्फोट, १५ जना घाइते • Image Khabar Image Khabar


क्यानाडाको एक रेस्टुरेन्टमा विस्फोट, १५ जना घाइते


Imagekhabar
११ जेष्ठ २०७५, शुक्रबार ११:५६

क्यानाडाको एक रेस्टुरेन्टमा विस्फोट, १५ जना घाइते

टोरन्टो, जेठ ११ । क्यानाडाको टोरोन्टो नजिकैको एउटा रेस्टुरेन्टमा विस्फोट हुँदा १५ जना घाइते भएका छन् ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

टोरोन्टो नजिकको मिसिसाउगा रहेको बम्बे भेल रेस्टुरेन्टमा बिस्फोट भएको हो । स्थानीय समय अनुसार राति १०ः३० बजे उक्त रेस्टुरेन्टमा विस्फोट भएको जनाइएको छ ।

शंकास्पद दुई व्यक्ति प्रवेश गरेर विस्फोट गराएको बताइएको छ ।

विस्फोटका कारण रेस्टुरेन्ट पूर्णरुपमा क्षतिग्रस्त भएको छ । घटनाबारे अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् ।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जनाइएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्