‘आउँदो मे ९ तारिखका दिन मतदानको दिन हुनेछ’–निर्वाचन आयोगका अध्यक्ष मोहम्मद हसिम अब्दुल्लाहले पत्रकार सम्मेलनमा भने । निर्वाचनअगाडि ११ दिनमात्रै निर्वाचन प्रचार–प्रसारका लागि समय तोकिएको उनले जानकारी दिए । शुक्रबार सम्पन्न मन्त्रिपरिषदको विशेष बैठकपछि प्रधानमन्त्री नाजिब रजाकले राष्ट्रका नाममा सम्बोधन गर्दै आफूले शनिबार संसद विघटन गर्ने जानकारी दिएका थिए । मलेसियाको संविधानअनुसार संसद विघटन गरेपछि…