राजकुमार ह्यारी र मार्कलको विवाह सम्पन्न • Image Khabar Image Khabar


राजकुमार ह्यारी र मार्कलको विवाह सम्पन्न


Imagekhabar
५ जेष्ठ २०७५, शनिबार २०:३१

राजकुमार ह्यारी र मार्कलको विवाह सम्पन्न

राजधानी लन्डनभन्दा झन्डै ३० किलोमिटर पश्चिममा रहेको विन्डसोर क्यास्टल (दरबार)को सेन्ट जोर्जेज च्यापलमा आयोजना गरिएको वैवाहिक समारोहमा विश्वभरका करिब ६०० विशिष्ट पाहुना सहभागी भए ।

वैवाहिक समारोह भएको दरबारबाहिर हजारौं दर्शकहरूले सडकका दुई किनारामा रहेर समारोहमा खुसी साटासाट गरेका थिए ।

उनीहरूको विवाहलाई टेलिभिजनमार्फत् गरिएको प्रत्यक्ष प्रसारणलाई विश्वभर विशेष उत्लासकासाथ अवलोकन गरिएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।

विवाह समारोहमा ३३ वर्षीय राजकुमार ह्यारी र ३६ वर्षीया मार्कलले एकापसमा सँगै जिउने वाचा गर्दै औंठी साटासाट गरेपछि परम्पराअनुसार केनटनबरीका आर्कसिसप जस्टिन वेल्बीले उनीहरू श्रीमान् र श्रीमती भएको घोषणा गरेका थिए । यसलाई एउटा ऐतिहासिक घटनाकारूपमा लिइएको छ ।

मार्कल आफ्नी आमासहित रोल्सरोयस गाडीमा विवाहस्थल पुगेकी थिइन् भने सेन्ट जोर्जेज च्यापलमा पुगेसँगै ह्यारीका पिता युवराज चाल्र्सले मार्कलको हातमा समाएर वैवाहिक समारोहमा लगेका थिए ।

यसैगरी, ह्यारी विवाह समारोहस्थलमा आफ्ना दाजु विलियमसँगै पुगेका थिए ।

विवाहको खुसियालीमा देशभर चियापान कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।

उनीहरू सन् २०१६को जुलाई महिनादेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ ।

राजगद्दीको उत्तराधिकारीको पाँचौं रोलक्रममा रहेका राजकुमार ह्यारीको प्रेमीजोडीलाई गत सेप्टेम्बर महिनामा पहिलोपटक सार्वजनिकरुपमा देखिएको थियो ।

अमेरिकी टेलिभिजनको टेलिशृंखलामा काम गर्दा चर्चित भएकी मार्कल परोपकारी कार्यमा पनि संलग्न छिन् । रासस/एएफपी

राजकुमार ह्यारी र मार्कलको विवाह सम्पन्न

राजकुमार ह्यारी र मार्कलको विवाह सम्पन्न

प्रतिक्रिया दिनुहोस्