गुजरातमा सडक दुर्घटना, १९ मजदुरको मृत्यु • Image Khabar Image Khabar


गुजरातमा सडक दुर्घटना, १९ मजदुरको मृत्यु


Imagekhabar
५ जेष्ठ २०७५, शनिबार १५:०५

गुजरातमा सडक दुर्घटना, १९ मजदुरको मृत्यु

भावननगर–अहमदावाद राजमार्गमा भएको सो दुर्घटनामा सिमेन्टका बोराले भरिएको एक ट्रकमा बसेर गएका १९ मजदुरको मृत्यु भएको सरकारी अधिकारीले जानकारी दिएका छन् । दुर्घटनामा अरु ६ जना घाइते भएका छन् ।

दुर्घटनामा परी १८ जनाको घटनास्थलमा नै र अन्य एक घाइतेको उपचारकाक्रममा अस्पतालमा मृत्यु भएपछि मृत्यु हुनेको संख्या १९ पुगेको बताइएको छ ।

सिमेन्टका बोरा लिएर गइरहेको उक्त ट्रकमा ती सिन्मेटका बोरामाथि बसेर गइरहेका मजदुरको मृत्यु भएको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

गुजरात राज्यको अतिव्यस्त सडकमा दुर्घटना भएको र पछिल्लो समयमा भएका दुर्घटनामध्ये यो सबैभन्दा धेरै घातक भएको अधिकारीले बताएका छन् ।

दुर्घटनामा परी मृत्यु भएका १९ जनामध्ये १२ जना महिला रहेका छन् भने तीनजना किशोरावस्थाका र चारजना पाका पुरुष रहेका छन् ।

दुर्घटनामा परी मृत्यु भएका सबै मजदुरी कामका लागि आनन्द जिल्लामा पर्ने कार्यस्थलतर्फ गइरहेका थिए ।

उनीहरुले आफ्नो कार्यस्थलमा जानका लागि सिन्मेटका बोरा बोकेर गइरहेको ट्रक चालकलाई १२ सय भारु तिरेका बताइएको छ ।

दुर्घटनाको अनुसन्धानकाक्रममा भएको प्रारम्भिक विवरणकाअनुसार चालक निदाएर सडकमा ट्रकको पांग्रा चिप्लिएर दुर्घटना भएकोजस्तो देखिएको एक प्रहरी अधिकारीले बताए ।

ती अधिकारीले घटनाकाबारेमा थप अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न निर्देशन दिइसकिएको पनि जानकारी दिए ।

शुक्रबारमात्रै उत्तराखन्डमा एउटा ट्रकले तीर्थयात्रीलाई ठक्कर दिँदा कम्तीमा ११ जनाको मृत्यु भएको थियो ।

सडक दुर्घटनामा परी विश्वमै सबैभन्दा धेरैजनाको मृत्यु हुने देशमा भारत पर्दछ । भारतमा हरेक वर्ष सडक दुर्घटनामा परी एक लाख ५० हजारभन्दा बढीको मृत्यु हुने गरेको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्