१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


५५ घन्टामात्र मुख्यमन्त्री बने यदियुरप्पा


0
Shares

गत बिहीबार बिहान कर्नाटक विधानसभाका भाजपा विधायक दलका नेता बीएस येदियुरप्पाले मुख्यमन्त्रीकारुपमा शपथ लिएका थिए ।

गत मे १५ मा भएको विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा)ले १०४ सिट जितेर सबैभन्दा ठूलो दल बनेको थियो ।

तर, भाजपाले बहुमतका लागि ८ सिट जुटाउन नसक्ने देखेपछि यदियुरप्पाले शनिबार संसदमा सम्बोधन गरी बिनाशक्ति परीक्षण राजीनामा दिएका हुन् ।

भाजपाले तेस्रो दल जेडीएसका सांसदलाई प्रलोभन दिएरै भएपनि बहुमत पुर्‍याउन कोसिस गरेको भन्दै भारतीय राष्ट्रिय कांग्रेस र जेडीएसले आफ्ना सांसदलाई लुकाएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।

कर्नाटकमा अब कांग्रेस र जेडीएस मिलेर सरकार बनाउनेछन् । तेस्रो दल जेडीएसका नेता कुमाराश्वामी मुख्यमन्त्री बन्ने बताइएको छ ।

२२४ सदस्यीय विधानसभामध्ये २२२ सिटमा भएको निर्वाचनमा भाजपाले १०४ सिट जितेको छ । कांग्रेसले ७८ र जनता दल (सेक्युलर) ले ३७ सिटमा जित हासिल गरेका छन् । अरु दल तथा स्वतन्त्रले तीन सिट जितेका छन् । (एजेन्सी)