२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


कर्नाटकमा कुमारास्वामीले लिए मुख्यमन्त्रीको शपथ


0
Shares

कुमारास्वामीले मुख्य विपक्षी भारतीय राष्ट्रिय कांग्रेस पार्टी र क्षेत्रीय जनता दलको प्रमुखकारुपमा गठबन्धन सरकारको नेतृत्व गर्नेछन् ।

यसअघि, भारतीय जनता पार्टीका नेता बीएस यदियुरप्पाले मुख्यमन्त्रीको शपथ लिएको ५५ घन्टामै पदबाट राजीनामा दिएका थिए ।

गत मे १५ मा २२४ सदस्यीय विधानसभामध्ये २२२ सिटमा भएको निर्वाचनमा भारतीय जनता पार्टीले १०४ सिट जितेर सबैभन्दा ठूलो दल बनेको थियो ।

तर, भाजपाले बहुमतका लागि ८ सिट जुटाउन नसक्ने देखेपछि यदियुरप्पाले संसदमा सम्बोधन गरी बिनाशक्ति परीक्षण राजीनामा दिएका थिए । (एजेन्सी)