१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


ट्रम्पलाई ट्वीटर प्रयोगकर्ता ब्लक नगर्न आदेश


0
Shares

काठमाडौं, जेठ १० । अमेरिकाका एक न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ट्वीटर प्रयोगकर्ता ब्लक नगर्न आदेश दिएका छन् ।

राष्ट्रपति ट्रम्पले सात ट्वीटर प्रयोगकर्तालाई ब्लक गरेसँगै उनीहरुका तर्फबाट दी नाइट फस्ट अमेन्डमेन्ट इन्स्टिच्यूटले मुद्दा दर्ता गराएको थियो ।

अभिव्यक्ति स्वतन्त्रतामाथि ट्रम्प र ह्वाइट हाउसले लगाम लगाएको भन्दै दायर मुद्दामा जिल्ला अदालतका न्यायाधीश नामी राइस बुचवाल्डले राष्ट्रपति ट्रम्पलाई ट्वीटर प्रयोगकर्ता ब्लक नगर्न आदेश दिएका थिए ।

न्यायाधीश नामीले ट्रम्पको एकाउन्टलाई ब्लक गर्ने पहुँच दिनु अभिव्यक्ति स्वतन्त्रतामाथिको उल्लंघन हुने तर्क गरेका छन् ।

उनले सम्पूर्ण अमेरिकी नागरिकलाई आफ्ना विचारहरु व्यक्त गर्न स्वतन्त्र छाडिदिन पनि सुझाव दिएका छन् ।

न्यायाधीशको आदेशप्रति ह्वाइट हाउस भने कुनै प्रतिक्रिया दिएको छैन ।(एजेन्सी)