काठमाडौं, असार १३ । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले मानवताविरुद्धको अपराधमा म्यानमारका सेनालाई उभ्याउनुपर्ने जनाएको छ । एम्नेस्टीले म्यानमारको रखाइन प्रान्तमा रोहिंग्या मुसलमानमाथि गरिएको कारबाहीमा सेनाले गरेको अपराधको विस्तृत् प्रमाण सार्वजनिकसमेत गरेको छ । एम्नेस्टीले म्यानमारमा सेनाले रोहिंग्याहरुविरुद्ध बलात्कार, यातना र हत्याजस्ता कार्यलाई अभियानकैरुपमा चलाएकोसमेत आरोप लगाएको छ । एम्नेस्टीको रिपोर्टका सम्बन्धमा म्यानमारको सेनाले भने…