
काठमाडौं, असार १३ । बेलायतको वेष्ट मिनिस्टरमा आतंकवादी हमला गर्न खोजेको आरोप लागेका एक जना प्लम्बर दोषी ठहर भएका छन् ।
बेलायतको उत्तरी क्षेत्रमा बसोबास गर्दै आएका २८ बर्षिय खालिद बेल अली गत वर्षको अप्रीलमा चार वटा चक्कुसहित पक्राउ परेका थिए ।
उनले बयानका क्रममा तालिवान बिद्रोहीका लागि बम बनाउन सहयोग गर्दै आएको स्वीकार्दै राजनीतिज्ञ र प्रहरीलाई लक्षित गरी आक्रमण गर्ने तयारीमा रहेको पनि स्वीकारेका छन् ।
अलीलाई बेलायतको भउस हल क्रसमा शंकास्पद अवस्थामा हिँडिरहेको सीसीटीभीमा फुटेजका आधारमा पक्राउ गरिएको थियो ।
पुर्पक्षका लागि थुनामा रहेका अलीबिरुद्ध हिजो भएको अन्तिम सुनुवाईका क्रममा दोषी ठहर भएका हुन् ।
अलि विगतका बर्षहरुमा अफगानिस्तानमा रहँदै बम बनाउने कार्यमा संलग्न रहेको खुलासा भएको छ । उनीमाथि कस्तो सजाय हुन्छ भन्नेबारे भने केही खुलाइएको छैन ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्