नाइजेरियामा किसान र गोठालाहरुबीचको हिंसामा कम्तीमा ८६ जनाको मृत्यु • Image Khabar Image Khabar


नाइजेरियामा किसान र गोठालाहरुबीचको हिंसामा कम्तीमा ८६ जनाको मृत्यु


Imagekhabar
११ असार २०७५, सोमबार ०२:४७

नाइजेरियामा किसान र गोठालाहरुबीचको हिंसामा कम्तीमा ८६ जनाको मृत्यु

काठमाडौं, असार ११ । नाइजेरियाको प्याटिओ राज्यमा किसान र फिरन्ते गोठालाहरुबीचको हिंसामा परी कम्तीमा ८६ जनाको मृत्यु भएको छ ।

आदिवासी बेरोम किसानले स्थानीय फुलानी समुदायका गोठालालाई आक्रमण गर्न सुरु गरेपछि हिंसा भड्किएको बताइएको छ । त्यसक्रममा पाँचजनाको मृत्यु भएको थियो ।

जवाफमा फुलानीहरुले गरेको आक्रमणमा ठूलो संख्यामा किसानको मृत्यु भएको हो ।

हिंसामा परी कम्तीमा ६ जना घाइते भएका छन् भने ५० भन्दा बढी घर जलाइएको छ । केही सवारी–साधनसमेत जलाइएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

हिंसा प्रभावित राज्यका तीन क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ । यस क्षेत्रमा दशकौंदेखि आदिवासी समूहहरुबीच जमिनमा पहुँच र जनावरको चरन अधिकारको विषयलाई लिएर संघर्ष भइरहेको छ ।

फुलानी आदिवासी अधिकांश मुस्लिम हुन् भने बेरोमहरु धेरैजसो इसाई धर्मावलम्बीका हुन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्