इरानमा मूल्यवृद्धिको विरोधमा सन् २०१२ यता कै विशाल प्रदर्शन • Image Khabar Image Khabar


इरानमा मूल्यवृद्धिको विरोधमा सन् २०१२ यता कै विशाल प्रदर्शन


Imagekhabar
११ असार २०७५, सोमबार १९:४६

इरानमा मूल्यवृद्धिको विरोधमा सन् २०१२ यता कै विशाल प्रदर्शन

काठमाडौं, असार १२ । इरानमा मूल्यवृद्धि र मुद्राको अवमुल्यनको विरोधमा विशाल प्रदर्शन भएको छ ।

राजधानी तेहेरानमा पसलहरु बन्द गरिएका छन् भने हजारौं मानिस प्रदर्शनमा सहभागि भएका छन् । सन् २०१२ यताको यो सबैभन्दा ठूलो विरोध प्रदर्शन भएको बताइएको छ ।

संसद् भवन अगाडि बढिरहेका प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ ।

आणविक कार्यक्रमलाई लिएर अन्तर्राष्ट्रिय समुदायले लगाएको प्रतिबन्धका कारण इरानको आर्थिक अवस्था नराम्ररी प्रभावित भएको छ ।

सन् २०१६ मा अन्तर्राष्ट्रिय समुदायसँग भएको सम्झौतापछि आर्थिक प्रतिबन्ध खुकुलो पारिए पनि गत मे मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सम्झौताबाट अलग्गिएको घोषणा गर्दै प्रतिबन्ध कायमै राखेका छन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्