एजेन्सी । अमेरिका र इरानबीचकाे जारी युद्ध अन्त्य गर्ने उद्देश्यका साथ दुवै देशले एक ऐतिहासिक समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् ।
इरानको विदेश मन्त्रालय र अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले संयुक्त रूपमा समझदारी पत्रमा हस्ताक्षर भएकाे पुष्टि गरेका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसुद पेजेस्कियानले यस समझदारी पत्रमा डिजिटल माध्यमबाट हस्ताक्षर गरेका छन् । यो समझदारीसँगै अमेरिका र इस्रायलले इरानविरुद्ध गरिरहेको युद्ध औपचारिक रूपमा रोकिने विश्वास गरिएको छ ।
दस्तावेजमा डिजिटल हस्ताक्षर भइसकेका कारण स्विट्जरल्यान्डको जेनेभामा यहि असार ५ गते शुक्रबार हुने भनिएको वार्तामा दुवै पक्षका प्रतिनिधि सहभागी भए पनि कुनै भौतिक हस्ताक्षर समारोह भने आयोजना नहुने इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले जानकारी दिनुभयाे ।
यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले आगामी ६० दिनको वार्ताको अवधि ‘अन्तिम समयसीमा’ नभएको बताउनुभएकाे छ। साेही अवधिमा दुवै देशले तेहरानको आणविक कार्यक्रमलाई लिएर एउटा अन्तिम र ठोस सम्झौतामा पुग्नुपर्नेछ । यद्यपि, राष्ट्रपति ट्रम्पले चेतावनी दिँदै अर्को चरणको वार्ता ६० दिनभित्र निष्कर्षमा नपुगे वा इरानले यस समझदारीको पालना नगरे पुनः युद्ध शुरु हुने र इरानमाथि “भीषण बमबारी” गर्ने चेतावनी समेत दिनुभएकाे छ ।
सम्झौता अनुसार इरानको पुनर्निर्माणका लागि ३०० अर्ब अमेरिकी डलरको एउटा विशेष कोष प्रस्ताव गरिएको छ । अमेरिकी अधिकारीहरूले यस कोषमा इरानका छिमेकी मुलुकले रकम जम्मा गर्ने भएका हुन् । यसको प्रयोग युद्धबाट ध्वस्त भएका इरानी पूर्वाधारको पुनर्निर्माणमा गरिने भएकाे छ ।
इरानले पनि आफ्ना क्षेत्रीय साझेदारले मुलुकमा ३०० अर्ब डलर लगानी गर्ने र त्यसको एउटा हिस्सा पुनर्निर्माणमा खर्च गरिने पुष्टि गरेको हाे ।









प्रतिक्रिया दिनुहोस्