Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


आज बडादशैंको पाँचौँ दिन, स्कन्दमाताको पूजा गरिँदै


0
Shares

काठमाडौं । आज बडादशैंको पाँचौँ दिन, हिन्दू धर्मावलम्बीहरूले नवदुर्गामध्ये पाँचौँ देवी स्कन्दमाताको विधिपूर्वक पूजा–आराधना गर्दैछन्। भगवान् कार्तिकेय अर्थात् स्कन्दकुमारलाई काखमा राख्ने देवी भएकाले उहाँलाई स्कन्दमाता भनिन्छ। देवी स्कन्दमातालाई ज्ञान, शक्ति र ममताकी प्रतीकका रूपमा पूजा गर्ने धार्मिक विश्वास छ।

कमलको फूल र वरमुद्रा धारण गरी सिंहमा विराजमान हुने स्कन्दमाताको स्वरूप तेजस्वी रहेको धार्मिक मान्यता छ। यस दिन भक्तजनले स्नान गरी पूजास्थल शुद्धीकरण गरेर देवीको प्रतिमा स्थापना गर्ने, वैदिक मन्त्रद्वारा पूजा गर्ने, धूप, दीप, फूल तथा नैवेद्य अर्पण गर्ने र आरती गरी प्रसाद ग्रहण गर्ने परम्परा छ।

स्कन्दमाताको पूजा गर्नाले सुख, शान्ति, समृद्धि र सन्तानको कल्याण प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।