Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


पाेखरा महानगरद्वारा ७ अर्ब १५ कराेड २५ लाख रूपैयाँ बजेट सार्वजनिक


0
Shares

काठमाडाैं । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले शुक्रबार १९औं नगरसभामा बजेट प्रस्तुत गर्नुभएको हो । कूल बजेटको पूँजीगततर्फ ४४ दशमलव ९ र चालुतर्फ ५५ दशमलव १ प्रतिशत बजेट विनियोजन भएको छ । महानगरले संघीय सरकारबाट वित्तीय हस्तान्तरणमार्फत ३ अर्ब १८ करोड ६० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको हाे । त्यस्तै, प्रदेश सरकारबाट ९ करोड १५ लाख ३६ हजार रुपैयाँ वित्तीय हस्तान्तरण हुने अनुमान छ ।

महानगरले आन्तरिक तथा राजस्व बाँडफाँटबाट ३ अर्ब ८७ करोड ४९ लाख ६४ हजार रुपैयाँ जुटाउने लक्ष्य लिएको हाे ।