Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


मलेसियाको आन्तरिक पर्यटक ११‍ दशमलव ५ प्रतिशतले बढ्यो


13
Shares

एजेन्सी । मलेसियामा सन् २०२५ मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ ।

सरकारी तथ्यांक अनुसार आन्तरिक पर्यटक भ्रमण सङ्ख्या सन् २०२४ को २६ करोड एक लाखबाट बढेर सन् २०२५ मा २९ करोड एक लाख पुगेको हो । मलेसियाको तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार आन्तरिक पर्यटकको खर्च पनि १३ दशमलव ६ प्रतिशतले बढेर १ सय २१ दशमलव तीन अर्ब रिङ्गिट पुगेको छ ।

पर्यटक तथा एकदिने भ्रमणकर्ताको खर्चमा भएको वृद्धिले समग्र खर्च बढाउन सहयोग गरेको विभागले जनाएको हाे । पर्यटकको खर्च १४ दशमलव ६ प्रतिशत तथा एकदिने भ्रमणकर्ताको खर्च १२ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ ।

कूल आन्तरिक पर्यटक खर्चमध्ये पर्यटकको योगदान ५९ दशमलव पाँच प्रतिशत रहेको र जुन सबै भन्दा ठूलो हिस्सा हो ।