काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसंग भएको शान्ति सम्झौता अन्तिम नभएको बताउनुभएको छ ।
फ्रान्समा जी सेभेन राष्ट्रहरुको सम्मेलनपछि पत्रकारहरुसंग कुरा गर्दै ट्रम्पले इरानसंग एमओयु मात्रै भएको अन्तिम सम्झौता हुनै बाँकी रहेको भन्दै इरानले प्रतिवद्धता अनुसारको ब्यवहार नगरे फेरि बमबारी गर्ने चेतावनी दिनुभयो ।
अहिले भएको एमओयु हो अन्तिम सम्झौता होइन भन्दै उहाँले आफूलाई अन्तिम सम्झौताका बूँदामा चित्त नबुझे फेरि बम हान्ने बताउनुभयो ।
“प्रतिवद्धता अनुसारको ब्यवहार गरेनन भने हामी तत्कालै फर्किन्छौं र उनीहरुका टाउकाको बीचमा बम हान्छौं” ट्रम्पको चेतावनी थियो । दुई दिन अघि मात्रै ट्रम्पले इरानसंगको युद्ध अन्त्य गर्ने सम्झौतामा सहमति भएको र आगामी शुक्रबार हस्ताक्षर हुने बताउनुभएको थियो ।
ट्रम्पले इरानसंगको सम्भावित सम्झौता पनि आफ्ना कारणले सम्भव हुने दाबी गर्दै यसअघि थुप्रै देशका राष्ट्रपतिहरुले सम्झौताको प्रयास गरे पनि असफल भएको जिकीर पनि गर्नुभयो । इरानले प्रतिवद्धता अनुसारको ब्यवहार गरेमा भने सम्झौता हुने र शुक्रबारदेखि विश्वबजारमा होर्मुजबाट तेल आपूर्ति शुरु हुने पनि उहाँले बताउनुभयो ।









प्रतिक्रिया दिनुहोस्